भूकम्पपछिको पुनः निर्माणका लागि विश्व बैंकले थप साढे २२ अर्ब ऋण सहयोग



काठमाडौं । विश्व बैंकले भूकम्प पछिको पुनः निर्माणका लागि थप साढे २२ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले भूकम्प पछि भत्किएका घर तथा आवास निर्माणका लागि उक्त ऋण रकम स्वकिृत गरेको हो ।

भूकम्पका कारण प्रमुख रुपमा प्रभावित १४ र कम प्रभावित १७ जिल्ला गरी कूल ३१ जिल्लामा भइरहेको पुनः निर्माणको सहयोगका लागि उक्त ऋण स्वीकृत गरेको हो । भुकम्पले कुल ८ लाख ६ हजार ६८० घर तथा आवास भत्काएको थियो । भूकम्पका कारण नेपालको कूल ग्राहस्थ उत्पादनको ३५ प्रतिशत प्रभावित पारेको थियो । प्रभावित भएका संरचनाको पुनः निर्माणका लागि मात्रै करिब ७ खर्ब बराबरको बजेट आवश्यक पर्ने पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

विश्व बैंकले यसअघि नै ३३ अर्ब रुपैयाँ सहयोग गरिसकेको उल्लेख गर्दै थप सहयोगले ९६ हजार नयाँ घर बन्ने विश्वास व्यक्त गरेको छ ।


क्लिकमान्डु