एनआईसी एशिया बैंकले उच्च व्यवस्थापन पदमा दुई बैंकबाट तीन कर्मचारी भित्रायो



काठमाडौं । आक्रामक व्यवसाय विस्तार गरेको एनआईसी एशिया बैंकले कर्मचारी तान्ने रणनीति लिएको छ ।

बैंकको उच्च व्यवस्थापन पदमा दुई बैंकबाट तीन कर्मचारी बुधबारदेखि भित्रिएका छन् ।

सिभिल बैंकबाट भेषराज खतिवडा सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा एनआईसी एशिया आएका छन् । सिभिल बैंकभन्दा अगाडि खतिवडा प्रभु बैंकमा थिए ।
यस्तै सेञ्चुरी बैंकबाट सहायक महाप्रवन्धक भएर एनआईसी एशिया बैंक गएका छन् । सिभिल बैंकमा कार्यरत नारायाण सुन्दर शिल्पकाल एनआईसी एशिया बैंकमा चिफ म्यानेजर पदमा एनआईसी एशिया बैंक पुगुेका छन् ।

शाखा सन्जाल ठूलो बनाएको एनआईसी एशिया बैंकले अरु बैंकमा रहेका दक्ष कर्मचारीलाई आफ्नोमा तानेको हो ।


क्लिकमान्डु