गण्डकी विकास बैंकको १७.३२ प्रतिशत लाभांश पारित



काठमाडौं । गण्डकी विकास बैंकको वाह्रौ वार्षिक साभारण सभा सम्पन्न भएको छ । उक्त सभाले नेपाल राष्ट्र बेंकबाट स्वीकृत भएको चुक्ता पूँजीको १७.३२ प्रतिशत अर्थात रु. ४७ करोड ६३ लाख कर समेतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त साधारण सभाले सञ्चालक समितिको आ.व. २०७५ /७६ को प्रतिवेदन, नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव लगायत आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको कुल चुक्तापूँजी रु २ अर्व ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्त सम्ममा कुल निक्षेप रु.३२ अर्व ९७ करोड संकलन गरी रु.२६ अर्व ८६ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । निकट भविश्यमा बंैकले विभिन्न स्थानमा गरी थप ३ बटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेकोले कूल शाखा संख्या ९५ पुग्नेछ ।


क्लिकमान्डु