सेयर प्रत्याभुतिका लागि भोटेकोशी जलविद्युत कम्पनीले गर्यो नागरिक लगानी कोषसँग सम्झौता



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीद्धारा सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेघावाट क्षमता भएको मध्य भेटेकोशी जलविद्युत आयोजना निमार्णको लागि आवश्यक पूँजी व्यवस्थापन र शेयर प्रत्याभुति सम्बन्धी सम्झौता भएको छ ।

आयोजना प्रभावित जिल्लाका स्थानिय बासिन्दा र सर्वसाधारणको लागि छुट्याइएको सेयर प्रत्याभुतिको लागि मध्य भोटेकोशी जलविद्युत आयोजनाले नागरिक लगानीकोषसँग सम्झौता गरेको हो ।

जल विद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि हाल १० प्रतिशत हुन आउने १०० अंकित ६० लाख कित्ता र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता सेयर बावत १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्नको लागि नागरिक लगानी कोषसँग सम्झौता गरेको जनाएको छ ।


क्लिकमान्डु