एकैदिन २५ वटा कम्पनीले गर्दैछन् साधारणसभा, कुन कम्पनीको प्रस्ताव के ?



काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तको दिन मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार हुने २५ वटा कम्पनीले वार्षिक साधारणसभा गर्दैछन् ।

कम्पनी ऐन अनुसार आर्थिक वर्षको ६ महिनाभित्रमा नै साधारणसभा गरिसक्नु पर्ने प्रवधान भएकाले अधिकांश कम्पनीले अन्तिम दिन साधारणसभा बोलाएका हुन् ।

साधारणसभा बोलाउन ढिलाइ गरेर अन्तिम समयमा सभा बोलाउनेमा ७ वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी, ९ वटा लघुवित्त वित्तीय संस्था, २ वटा हाइड्रोपावर कम्पनी र १ वटा होटल छन् ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा नेपाल क्रेडिट एण्ट कमर्स (एनसीसी) बैंकबाहेक सबै वाणिज्य बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् । एनसीसी बैंकले भने आगामी माघ १७ गते साधारणसभा बोलाएको छ ।

साधारणसभा बोलाएकामध्ये अधिकांश विकास बैंक र फाइनान्स कम्पनीले साधारणसभामा मुख्य प्रस्तावको रुपमा प्रस्तावित लाभांश पारितका साथै अन्य संस्थामा मर्जर तथा प्राप्तीका लागि ढोका खुला गर्ने प्रस्ताव पनि पारित गर्ने भएका छन् ।

साधारणसभा बोलाएका कम्पनीहरुको लाभांस, प्रस्ताव र स्थान

 


क्लिकमान्डु