माघे संक्रान्तिमा ५६ हल गोरु जुधाइने
काठमाडौं । माघ १ गते नुवाकोट जिल्लाको तारकेश्वर गाँउपालिका-३ चन्दनीमा गोरु जुधाइ मेला (बुफाइट) हुने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत १ दशकदेखि हुन लागेको मेलाले यो वर्ष पनि निरत्नरता पाउने भएको छ ।
यो वर्ष ५६ हल गोरु जुधाईने आयोजकले जनाएको छ । आयोजकका अनुसार माघे संक्रान्तिको दिन तारुकामा २२ हल गोरु जुधाईने छ । यस्तै नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा १२ हल गोरु जुधाइने छ । यस्तै घलेगाँउमा ८ र धादिङको धुवाँकोटमा १४ हल गोरु जुधाइने भएको छ ।
यो मेलाले स्थानीय संस्कृतीलाई जीवित राख्दै नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग गर्ने आयोजकले जनाएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य दिपक महतले गोरु जुधाउनुका साथै आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताए । उनले त्यहाँ जाने पर्यटकलाई स्थानीय उत्पादन बढावा दिने योजनाका साथ अघि बढन सुझाव दिए ।