बैंकिङ कसुर लागेका ५८ जनालाई पाटन उच्च अदालतको २१ दिने म्याद (सूचीसहित)



काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दाका ५८ प्रतिवादीलाई २१ दिनभित्र आ–आफ्ना कागजातसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

उच्च अदालत पाटनको वाणिज्य इजलाशले बैंकिङ कसुर मुद्दामा अदालतले २०७६ पुस २० गते दिएको आदेश अनुसार २१ दिनभित्र उपस्थित हुन आदेश दिएको हो । सूचना प्रकाशित भएको मितिले आ–आफ्नो सुबद प्रमाण सहित अदालतमा उपस्थित हुन आग्रह गरेको छ । तोकिएको समयमा अदालतमा उपस्थित नभएमा वा म्याद गुजारी बसेमा कानून अनुसार कारवाही हुने जनाएको छ ।

अदालतले रितेश भण्डारी, रमेश थापा, प्रदीपबहादुर कर्माचार्य, लोकेन्द्रमान कर्माचार्य, भरतकाजी श्रेष्ठ, रविन लामा, मनहरि कार्की, सुवास दाहाल, साजन कार्की, हरिप्रसाद नेवारलगायत ५८ जनालाई पाटन उच्च अदालतको वाणिज्य इजलाशले आग्रह गरेको हो ।


क्लिकमान्डु