सेयर बजार सुधार्न धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको ६ बुँदे योजना



काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पुजीँ बजारको विकासको लागि ६ वटा योजना ल्याएका छन् ।

नवनियुक्त अध्यक्ष ढुंगानाले पुँजी बजारको विकासको लागि तत्काल ६ वटा योजना अघि सारेको बताए ।

उनले क्लिकमाण्डूसँगको कुराकानीमा आफु बोर्डमा गएपछि सुरुमा नै पूँजी बजारको स्थिरताको लागि काम गर्नु पर्ने बताए । ‘बजारमा स्थिरता कायम भएको खण्डमा लगानीकर्ता लगायतलाई लाभ हुने छ, दोस्रो काममा प्रोफेसनालिजम विकास गर्न आवश्यक रहेको छ,’उनले भने ।

ढुंगानाले तेस्रो काममा पुँजी बजारको दायरा बढाउन आवश्यक रहेकोले त्यही अनुसारको काम गर्ने बताएका छन् । बजारको दायरा बढाउन सकेको खण्डमा धेरै लगानीकर्ता सहभागी हुने उनको बुझाई छ ।

आफू बोर्डमा गएपछि आफ्नो चौथो कामको रुपमा आइटी बेस प्रोसेपसिङ र ट्रान्जेक्सन बढाउने उनको योजना छ । उनले भने ‘हामीले अनलाइन टे«डिङ गरेका छौं, तर पूर्ण रुपमा काम भएको छैन । त्यसलाई पूर्णता दिन आवश्यक छ ।’

कर्पोरेट गर्भनेन्समा पनि ध्यान दिन आवश्यक रहेको उनको बुझाई छ । त्यही अनुसार काम गर्ने ढुंगानाले बताए । उनले आफु बोर्डमा गएपनि गर्ने छैटौं काम भनेको ऐन नियम समय सान्दर्भिक बनाउने नै रहेको छ । अहिले भएका ऐन, नियमहरु सान्दर्भिक नभएकोले त्यसलाई रिभ्यू गरेर समय अनुकुल बनाउन आवश्यक रहेको ढुंगानाले बताए ।

बोर्डको तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्की असोज मसान्तमा ४ वर्षे कार्यकाल सकिएर बिदा भएका थिए । कार्कीका कार्यकाल सकिएपछि ढुंगानालाई गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । अध्यक्षको लागि ८ जनाको आवेदन परेको थियो । ८ जनाबाट सर्टलिस्टमा ३ जनाको नाम सिफारिस समितिले अर्थमन्त्रलयमा बुझाएको थियो । ३ जनामा नवानियुक्त ढुंगाना, डा. केशव श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक निरज गिरी रहेका थिए । श्रेष्ठ र गिरीलाई पछि पार्दै ढुंगाना अध्यक्ष भएका हुन् । ढुंगानाले आज (शुक्रबार) अर्थमन्त्रालयमा पद तथा गोपनियताको सपथ लिने बोर्डमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।


क्लिकमान्डु