नक्कली भ्याटबिल प्रयोग गर्ने फर्म राजस्व अनुसन्धानको फन्दामा, २१ करोड बिगो राखेर मुद्दा दर्ता



काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा यूनिभर्सल ट्रेड एण्ड सप्लायर्सरयुनिभर्सल प्रिन्टिङ्ग प्रेसरयुनिभर्सल निर्माण सेवाका संचालक पकाशराज गिरी विरुद्द मुद्दा दर्ता गरेको छ ।

विभागले २१ करोड १८ लाख बिगो कायम राखेर त्यसको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

यूनिभर्सल ट्रेड एण्ड सप्लायर्सरयुनिभर्सल प्रिन्टिङ्ग प्रेस युनिभर्सल निर्माण सेवाले वस्तु तथा सेवा खरिद र्नै नगरेर नक्कली भ्याटबिल प्रयोग गरेको थियो । फर्मले भ्याट तर्फ ८ करोड र १५ करोड रुपैयाँ आयकर तर्फ चुहावट गरेको थियो ।

विभागले राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले यूनिभर्सल ट्रेड एण्ड सप्लायर्सरयुनिभर्सल प्रिन्टिङ्ग प्रेसरयुनिभर्सल निर्माण सेवाका प्रोप्राइटर प्रकाश राज गिरीलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन अनुसार २१ करोड १८ लाख बिगोको दोब्बर जरिवाना र ३ वर्षसम्म जेल सजाय माग राखेर मुद्दा दर्ता गरेको हो ।


क्लिकमान्डु