एक्सिस बैंकमा १५ हजार कर्मचारीले जागिर छाडे



एक्सिस बैंकमा पछिल्लो एक महिनामा १५ हजार कर्मचारीले जागिर छाडेका छन् ।

मिडिया रिपोर्टका अनुसार बैंकको व्यवस्थापनमा भएको परिवर्तनसँगै कर्मचारीलाई काम गर्न समस्या आएको थियो । जसले गर्दा मिड लेभल र माथिल्लो तहका कर्मचारीले जागिर छाडेका थिए । नयाँ व्यवस्थापनले बैंकको ग्रोथ बढाउनको लागि शाखा प्रवन्धहरुमा परिवर्तन गरेको थियो ।

बैंकको प्रमुख कार्यकारी अधिकृतबाट शिखा शर्माले छाडेपछि पछिल्लो अभिताभ चौधरीलाई सीइओमा नियुक्त गरेको थियो ।

इकोनोमिक्स टाइम्सका अनुसार पछिल्लो महिना बैंकका बरिष्ठ कर्मचारीले जागिर छाडेका छन् । बैंकको अपरेशनमा धेरै परिवर्तन भएको छ । एक्सिस बैंकले पछिल्लो वर्षमा २८ हजार जनालाई नोकरीमा राखेको थियो । बैंकले यो त्रैमासमा ४ हजार नयाँ कर्मचारीलाई नियुक्त गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु