मुक्तिनाथ विकास बैंकले १३५ जना कर्मचारी माग्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा गरी १३५ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ ।

बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा २५ जना, ट्रेनी असिस्टेन्ट पदमा ८० जना र एसिस्टेन्ट सुपरभाइजर पदमा ३० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आवेदन दिनेको उमेर ३० देखि ३५ वर्षभन्दा बढी हुन नहुने समेत उल्लेख गरेको छ । योग्यता पुगेका इच्छुकले जनवरी २२ सम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु