सिंगापुर र ग्रिसका लागि गैरआवासीय राजदूत नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई सिङ्गापुर र अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदीलाई ग्रिसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा, २८२ अनुसार राष्ट्रपतिले उनीहरुलाई ती मुलुकका लागि गैरआवासीय राजदूतमा आज नियुक्त गरेकी हुन् ।

राजदूत सुवेदी भिएनास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि पनि छन् ।


क्लिकमान्डु