पुस लागेपछि बैंकहरुले १९ अर्बले कर्जा बढाउदा निक्षेप ३२ अर्ब रुपैयाँले बढ्यो
काठमाडौं । वाणिज्य बैंकहरुमा पुस लागेपछि अहिलेसम्म ३२ अर्ब रुपैयाँले निक्षेप बढेको छ । कर्जा १९ अर्ब रुपैयाँले बढेको छ । कर्जाको केही बढेपनि गतवर्षको तुलनामा कर्जा विस्तार सुस्त हुने देखिएको छ ।
वाणिज्य बैंकहरुमा गत शुक्रबारसम्ममा ३० खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा २६ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा रहेको छ ।
मंसिर अन्तिमसम्ममा २९ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप थियो भने कर्जा २६ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो ।
पुस अन्तिमसाता कर प्रयोजनका लागि कति रकम बाहिरिन्छ र कस्तो डिमाण्ड हुन्छ त्यसले बैंकिङ क्षेत्रको तरलता निर्भर रहने बैंकरहरु बताउँछन् ।