गरिमा विकास बैंकले मुर्गियामा शाखा खोल्यो



काठमाडौं । गरिमा विकास बैंकले रुपन्देहीको मुर्गियामा शाखा खोलेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरे ।

कार्यक्रममा बोल्दै विकास बैंकका चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले आधुनिक सुविधा सहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने बताए ।
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु