आपराधिक गतिविधिको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ एक/एक हजार जरिवानामा छुटे



काठमाडौ । नेपाल प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेका १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालयमा एक/एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन्। काठमाडौका विभिन्न ठाउँमा घर भाडामा लिई गम्भिर आपराधिका क्रियाकलापमा लागेको सूचना पाएपछि थुप्रै सामानसहित उनीहरु पक्राउ परेका थिए ।

उनीहरुबाट प्रहरीले ठुलो परिमाणमा ल्यापटप, मोवाइल, राउटर र अन्य विद्युतीय सामान बरामद गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो। उक्त कसुरमा फैसदा गर्दै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना हुने फैसला गरेका छन् ।

उनीहरूले एक हजार रूपैयाँ तिरेपछि प्रहरीले चिनियाँलाई थुनामुक्त गरेको छ। उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको परिसरले जनाएको छ।


क्लिकमान्डु