अरुलाई करको मार, सहकारीलाई अर्थमन्त्री खतिवडाले दिए करमा बम्पर छुट



काठमाडौं । अरु पेशा व्यवसायलाई करमा निकै नै कसेको सरकारले सहकारी संस्थालाई करमा बम्पर छुट दिएको छ ।

आन्तरिक राजस्व विभागले केही दिन अगाडि बचत तथा बहुउद्देश्य सहकारीलाई करछुटको विषयमा परिपत्र जारी गरेको छ । आर्थिक वर्षको बीचमा आएर सरकारले सहकारीलाई आयकरमा छुट दिएको हो ।

सहकारीलाई करछुट दिने कानूनपनि संघीयता अनुकुल बनाउन ल्याइएको ऐन मार्फत लगिएको थियो । केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक मार्फत सरकारले सहकारीलाई करछुट दिने व्यवस्था गरेको थियो ।

सहकारी ऐन, २०७४ को दफा १४१ मा वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुलाई गाउँपालिकामा दर्ता भएकोले ५ प्रतिशत,नगरपालिकामा र उपमहानगर पालिकामा काम गर्नेलाई ७ र महानगरपालिकामा काम गर्ने सहकारीलाई १० प्रतिशत करछुटको व्यवस्था गरेको हो ।

सो अनुसार आन्तरिक राजस्व विभागले परिपत्र जारी गरेर सहकारीलाई कर छुट दिएको हो । यसअघि सहकारीलाई २० प्रतिशत आयकर लाग्ने व्यवस्था थियो ।

गत आर्थिक वर्षको साधारणसभा अहिले पुस मसान्त नजिक आउदै गर्दै सहकारीहरुले गर्दै आएका छन् । सो अनुसार सहकारीले आयकरमा बम्पर छुट पाएका हुन् ।


क्लिकमान्डु