विभिन्न बैंक र एनसीएचएलद्वारा संयुक्त रुपमा रु १०० अभियान शुरु
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको छ ।
बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा एक सय रुपैयाँ जम्मा गरिदिनेछ । उक्त एक सय बराबरको इन्सेन्टिभ हाललभ्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरुका लागि उपलब्ध रहेका छन् । बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउन र बैंक खाता लिंक गर्न ग्राहकहरुलाई सहयोग गर्नेछन् ।
ग्राहकले कनेक्टटिप्स डट कम, यसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् ।
यसबैंक खातामा आधारित डिजिटल कारोबारहरुलाई प्रबद्र्धन गर्नेे पहललाईथपप्रोत्साहनगर्न यस संयुक्तअभियानले मद्दत गर्ने विश्वास कम्पनी र बैंक वित्तिय संस्थाहरुले लिएका छन् ।