आइतबार नेप्सेमा १६.०९ अंकको वृद्धि, शिवम् सिमेन्टको कारोबार उच्च



काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) सेयर बजार सकारात्मक रहेको छ । आइबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.०९ अंकले बढेर १,१८२.२१ विन्दुमा बन्द भएको हो ।

आईतबार १ सय ७३ कम्पनीहरुको २०,८२,७१८ कित्ता सेयर खरिद बिक्री हुँदा ७१ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने आज शिवम् सिमेन्ट कम्पनीले अग्रता लिएको छ । जसका ५ करोड भन्दा बढीको सेयर कारोबार भएको हो । यस्तै एनआइसी एशिया बैंकको ४ करोड ३४ लाख, गरिमा विकास बैंकको ४ करोड २१ लाख र नेपाल लाइफ इन्सोरेन्सको ३ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरि आइतबार वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । संस्थाको प्रतिसेयर मुल्यमा ९.९३ प्रतिशतले वृद्धि भएको छ भने नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रति सेयर मुल्यमा ५.६३३८ प्रतिशतले गिरावट आएको छ ।

आइतबार नेप्सेमा सुचिकृत १२ वटा समुहको नै परिसुचकमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समुहमा ८३.६८ अंक र सबैभन्दा थोरै म्युचल फण्ड समुहमा ०.०१ वृद्धि देखिएको हो ।


क्लिकमान्डु