स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश प्रस्ताब पारित



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले सेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा रु.४२ करोड ४१ लाख ३८ हजार ८ सय ७४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साधारण सभाले आ.व. २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को मंसिर मसान्तसम्म ६१ जिल्लाका १४० शाखा-उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४५ हजार १ सय १६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१५ अर्व ६३ करोड ३३ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.८ अर्व २६ करोड ४४ लाख ५ हजार रहेको छ ।


क्लिकमान्डु