सुनको मूल्य एक दिनमा एक हजारले बढ्यो, तोलाको ७५ हजार ५००



काठमाडौं । सुनको मूल्य एकदिनमा नै एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबारको लागि सुनको मूल्य छापावालको तोलको ७५ हजार ५०० छ भने तेजाबीको ७५ हजार २ सय रुपैयाँ छ । शुक्रबार ७४ हजार ५०० छापावालको थियो भने तेजावीको ७४ हजार २ सय थियो ।

मंसिरको अन्तिम साताबाट घटेको सुनको मूल्य पुसको दोस्रोसाताबाट पुनः बढेको छ । पछिल्लो समय इरानमा देखिएको तनावले सुनको मूल्य अझै बढ्न सक्ने आशंका गरिएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ ।

माघमा विवाहको लगन हुने हुँदा पुसको अन्तिमसातासँगै सुनको माग बढ्ने गर्छ ।


क्लिकमान्डु