पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमका अनुसार भारतबाट मूल्य बढेर आएकाले मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँ बढाइएको छ ।

तर हवाई इन्धन र ग्याँसको मूल्य भने यथावत नै राखिएको छ ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुन्छ ।


क्लिकमान्डु