वाणिज्य बैंकमा निक्षेप ३० खर्ब बढी, साढे ५ महिनामा १ खर्ब ४० अर्ब निक्षेप थपियो



काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ३० खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । पुस ११ सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप ३० खर्ब १४ अर्ब पुगेको हो ।

साढे ५ महिनाको अवधीमा वाणिज्य बैंकमा १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार मसान्तसम्ममा बैंकहरुमा २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने २६ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । साढे ५ महिनाको अवधीमा बैंकहरुले १ खर्ब ८० अर्ब रुपैयाँ कर्जा बढाएका छन् । असार मसान्तसम्ममा बैंकहरुमा २४ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप थियो ।

पुस लागेपछि बैंकहरुमा दुईसाताको अवधीमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । कर्जा भने १२ अर्ब रुपैयाँले बढेको छ ।


क्लिकमान्डु