निःशुल्क आँखा परीक्षण, मोतिविन्दु भएकालाई सहुलियतमा शल्यक्रिया हुने



काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मा आयोजित निःशुल्क आँखा परीक्षण सम्पन्न भएको छ । उक्त परीक्षणमा १७० जना भन्दा बढीले सहभागीता जनाएका थिए ।

काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले आयोजना गरेको शिविरमा नेपाल आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो भने साथी संगी नेपालले सहयोग गरेको थियो ।

सामुदायिक शहरी स्वास्थ्य क्लिनिक-२७ इनबहालमा भएको आँखा परिक्षणको क्रममा केहीमा मोतिबिन्दुको समस्या देखिएको थियो । शिविरबाट छनोट भएका मोतिविन्दु बिरामीको शल्यक्रिया नेपाल आँखा अस्पतालमा सहुलियत दरमा गर्ने बताइएको छ ।

यस्ता सामाजिक कार्यमा साथी संगी नेपालले आफ्नो सहकार्यता बढाएको छ । आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्दै जाने जनाएको छ ।


क्लिकमान्डु