नेता भीम रावलले भने- एम्बोस्ड नम्बर प्लेटका नाममा देश लुट्न पाइँदैन्



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पछिल्लो समय देशमा एम्बोस्ड नम्बरको नाममा ठूलो घाटा लाग्ने काम हुन लागेको भन्दै आफ्नो आपत्ति जनाएका छन् ।

‘यही एम्बोस्ड नम्बरको नाममा अहिले ८ अर्ब ७५ करोड रुपैयाँ मोटामोटी विदेश कम्पनीले लैजाँदैछ । आज पनि प्रदेश नम्बर १, २, ३ र ५ ले अहिलेसम्म नामारण गर्न सकेका छैनन् । अदालतले पनि यस्तो अवस्थामा कसरी एम्बोस्ड नम्बर लिने कुरालाई खोलिदियो ? मलाई आश्चर्य लागेको छ । राष्ट्रलाई यसरी लुट्न पाइन्छ ?,’ उनले भने ।

उनले वर्तमान प्रधानमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीका सल्लाहकारहरुलाई अनुरोध गर्दै जबसम्म प्रदेशको नामाकरण हुँदैन्, तबसम्म यो एम्बोस्ड नम्बर हाल्ने काम नगरौं भनेर भनेको बताए ।

‘म सुन्दैछु अहिले यातायात व्यवस्था विभागले यसलाई अघि बढाउँदैछ, डेढ वर्षमा लगभग २५ लाख गाडीमा नम्बर प्लेट फेरिँदैछ । तीमध्ये सबैभन्दा सवारीसाधान को संख्या यही १ नम्बर, २ नम्बर, ३ नम्बर र ५ नम्बर प्रदेशमा छ,’ उनले भने ।


क्लिकमान्डु