चिनियाँ नागरिक पक्राउ गर्न चीनको प्रहरी टोली नेपालमा, पक्राउ पर्नेको नामावलीसहित



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले चिनियाँ प्रहरीको विशेष टोलीको सहयोगमा एकैदिन १२२ जना चिनियाँ नागरिकलाईं राजधानीका विभिन्न ९ वटा घरबाट पक्राउ गर्यो । पक्राउ पर्नेमा ८ जना महिला र ११४ जना पुरुष छन् ।

प्रहरीका अनुसार इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ नागरिकले नेपालबाट साइबर क्राइममार्फत् चिनियाँ नागरिकलाई नै ठगी गर्ने गरेको सूचनाका आधारमा चिनियाँ प्रहरीको विशेष टोलीको सहयोगमा उनीहरु पक्राउ परेका थिए ।

इन्टरपोलको सान्टियागोमा सम्पन्न ८८ औं साधारण सभामा इन्टरपोलका प्रमुख, चीन र नेपालका प्रमुखबीच ट्रान्सबोर्डर साइबर क्राइममा संलग्न भइरहेको सूचना आदानप्रदान भएको थियो ।

प्रहरीले गैरकानूनी क्रियाकलापमा संलग्न हुन सक्ने आशंकामा काठमाडौं तारकेश्वर, मनमैजु, महाराजगञ्ज, बुढानिलकण्ठका ९ वटा घरमा खोजतलास गरेको हो ।

प्रहरीले उनीहरुबाट ल्यापटप, मोबाइल, पासपोर्ट, सिमकार्ड र पेनड्राइभ बरामद गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेकाबाट मोबाइल ७४७ थान, ल्यापटप ३३१ थान, सीपीयू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान बरामद गरेको छ ।

पक्राउ परेको सबै चिनियाँ नागरिकको नामावली
१) थोङ काउ पाओ
२) ह्उ ल्यान थोङ छिङ
३) र्रिउइ उनतान तान
४) छाअन चीउन योङ
५) हिअ स्याव खाङ
६) लि उन हाओ
७) वाङ इयान
८) सीओङ ताइ पिङ
९) उवाङ चि मिङ
१०) छोङ लुन
११)उवान चीन र्रोई
१२)लि फाङ
१३)लि ख्अ
१४)ह्वाङ स्याओ लोअन
१५)चोउ थुन
१६)आ ली पिङ
१७)सु छाव ह्उई
१८)लि रोङ
१९) लि स्रै चीयन
२०) छङ उन लिन
२१) लि छुउओ होङ
२२)छाओ लिङ
२३)स्ह्आ
२४)लि थाआ हुई
२५)ओउ चिन र्छि
२६)लिई सीआङ मअङ
२७)लिइ फोङ निङ
२८)चोआङ छाओ
२९) लीअउ उआङ
३०) छाइची छिङ
३२) छनछन उइथीन
३३) उइ कअ काओ
३४) उअ छान
३५) च्याफु
३६)माता चीआन
३७) उआङ सीआओ
३८) लीउ चीउन छाइ
३९) उआङ चीउनसी उआन
४०) चीउ आङछी
४१)तीङ चाव उइ
४२) लिउ पिनीउ
४३) तुउ उइ
४४)चाओ उनती
४५) उ उनपीङ
४६) हअ सीआन
४७) काओ सुआन
४८) लीउ सीआन
४९) उन चीइ
५०) छन पाव इन
५१) चुवाङ चीइ थान
५२) चु उन चीयान
५३) ह्उआङ इउछाङ
५४) चोङ फिनसीअन
५५) सउ उइ
५६) सी ची ह्आ
अन्य चिनियाँ नागरिकको नामावली प्राप्त भएको छैन ।


क्लिकमान्डु