वाकीटकी बोकेर प्रहरी हुँ भन्दै ठगी गर्ने गिरोह पक्राउ



काठमाडौं । पछिल्ला दिनमा चोरी र ठगीका अनेकन घटना सार्वजनिक भएका छन् । चिनियाँहरुको ठूलो संख्याले नेपालमा बसेर ठगी गरिरहेको विषयमा सार्वजनिक भइसकेको तथ्यले पनि त्यसलाई पुष्टि गर्छ ।

फेरी अर्काे घटना सार्वजनिक भएको छ । चोरी गरेको प्रहरीको वाकीटक िसेट बोकेर आफू प्रहरी भएको भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

म ‘प्रहरी हूँ’ मैले भनेको मान होइन भने लगेर हालिदिन्छु भन्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

वाकीटकी सेट देखाएर धम्क्याउने गिरोहका एक सदस्य पक्राउ परेको प्रहरीले जनाएको छ ।

काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना संकलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ ।

अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।


क्लिकमान्डु