बैंकले लगानी गर्ने उत्पादनमुलक क्षेत्र थपियो, कर्जा प्रवाह नगर्नेलाई हर्जाना तिराउँदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सिमेन्ट, गार्मेन्ट, औषधी र साना तथा मझौला उद्योगमा २०७७ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएको छ ।

बैंकहरुको अनुगमन गरी तोकिएको क्षेत्रमा लगानी नगर्नेलाई राष्ट्र बैंकले हर्जाना तिराउने भएको छ । हर्जना स्वरुप राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसकेको रकम लिने भएको हो ।

मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकृत निर्देशन जारी गर्दै कृषि क्षेत्रमा १० प्रतिशत र अन्य प्राथमिकता प्राप्त क्षेत्रमा १५ प्रतिशत कर्जा २०७७ असार मसान्तसम्ममा प्रवाह निर्देशन दिएको हो ।

तर, मर्जरमा संलग्न वाणिज्य बैंकलाई प्राथमिकता क्षेत्रको कर्जाको सीमा पुर्याउने म्याद २०७८ असार मसान्तसम्म पुर्याइएको छ ।

यसअघिको एकीकृत निर्देशन २०७६ लाई संशोधन गरी राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत निर्यात जन्य उद्योग, सिमेन्ट, गामेन्ट, औषधी र साना तथा मझौला उद्योगलाई पनि समावेश गरेको छ ।

यसअघि राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र भनेर कृषि, जलविद्युत, पर्यटनलाई मात्र तोकेको थियो ।


क्लिकमान्डु