लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश प्रस्ताव पारित



काठमाडौं । लक्ष्मी बैंकको उन्नाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ९ अर्ब ८१ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

आ.व. २०७५÷७६ मा रु ८०.३२ अर्ब निक्षेप र रु ७७.८४ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १०६ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५९ करोड खुद मुनाफा आर्जन गरेको छ ।


क्लिकमान्डु