हिमालयन डिष्टिलरीको १७१ % लाभाशं पारित



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले १७१.०५ प्रतिशत लाभांश पारित गरेको छ । हिमालयनका अनुसार ५२.६३ प्रतिशत नगद र ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभाले पारित गरेको हो । यस्तै संचित मुनाफाबाट कम्पनीका सेयरधनीलाई अन्तरिम लाभांसको रुपमाप्रति सेयर ६८.४२ प्रतिशत वितरण गरेको समेत गरी २०७५/०७६ मा १७१.०५ प्रतिशत लाभांश पारित गरेको हो ।

हिमालयनले आव २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धिसहित ६ अर्ब ४४ करोड ११ लाखको संचालन आम्दानी हासिल गरेको जनाएको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित ५३ करोड ७० लाख रुपैयाँको खुद मुनाफा आर्जन गरेको छ ।

विगत ५ वर्षमा कम्पनीको संचालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ । उद्योगले गत आवमा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी ४ अर्ब ३८ करोड ८० लाख राजश्व दाखेला गरेको जनाएको छ ।


क्लिकमान्डु