लक्ष्मी बैंकले सीइओको तलब/भत्तामा १ करोड २१ लाख खर्च गर्यो,सेयरधनीलाई १५ % लाभांश



काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतको लागि १ करोड २१ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार सीइओको तलबमा सो रकम खर्च भएको छ । सीइओले त्यहा उल्लेख भएको तलब सुविधा बाहेक अन्य सुविधा बैंकको नियम अनुसार पाउने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकमा गतवर्ष कात्तिक सम्म सुदेश खालिङ सीइओ थिए भने कात्तिकदेखि अजय शाह सीइओ रहेका छन् ।

बैंकको साधारणसभाले गतवर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु