अख्तियारमा स्थानीय तहको भष्ट्रचारको उजुरी बढी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले लेखापरीक्षणका सुरुदेखि नै भाग छुट्याउने प्रचलन देखिएको बताएका छन् ।

राजधानीमा आयाजित प्रोफेसनल इन्टिग्रिटी फर कम्बेटिङ करम्पसन एण्ड फ्रड विषयक नेशनल कन्फ्रेन्समामा प्रमुख आयुक्त घिमिरले यस्तो बताएका हुन । यस्ता कामलाई आयोगले एक्सन लिने गरेको पनि जानकारी गराए । आयोगले विगतमा आफुले गरेको अनुसन्धानबाट यस्तो अनियमितता भएको पाइएको बताए । उनले भने ‘आगामी दिनमा लेखापरीक्षकहरुलाई आर्थिक अनियमितता हुने कार्यमा नसघाउन, आफ्नो व्यवसायीक धर्मबाट विचलन नहुन आग्रह गर्दछु ।’

आयोगले सबैभन्दा बढी यो वर्ष ३५१ वटा मुद्दा दायर गरेको बताए । यो वर्ष अर्थात १२३ दिनमा २०६ वटा मुद्धा दायर गरेको र यो वर्ष सबैभन्दा बढी मुद्धा दायर हुने बताए । साउन १ गते यता ९४ वटा स्ट्रिङ अप्रेसन गरेको र १६ सय भन्दा बढी आयोगको अनुसन्धानमा रहेको बताए । मुद्धामा सफलता ८८ प्रतिशत भन्दा बढी रहेको छ ।

उनका अनुसार सबैभन्दा बढी स्थानीय तहमा धेरै उजुरी रहेको बताए । उनले भने ‘त्यसैलाई हेरेर आयोगले केन्द्र र स्थानीय तहलाई ६१ बुँदे सुझाव दिएको छ । अहिले संघियताकोमा संक्रमण रहेको र त्यसको नाममा भएको भ्रष्टाचारमा आयोगले कसैलाई पनि उन्मुक्ति दिँदैन । आयोग त्यसमा निर्मम प्रहार गर्न आयोग उत्सुक छ ।’

वित्तीय ठगी तथा भ्रष्टाचार भए नभएको सबैले हेर्न आवश्यक रहेको बताए । भ्रष्टाचार विरुद्धको लडाइमा लेखापरीक्षणले थप प्रभावकारी भूमिका खेल्ने उनको तर्क छ । नीजि र सरकारी लेखा परीक्षकले भ्रष्टाचारको सूचना दिन आवश्यक रहेको उनको भनाई छ ।

लेखापरीक्षकले इमान्दार भएर काम गरेको खण्डमा मिलेमतोमा भ्रष्टाचार गर्ने प्रवृतिको अन्त्य हुने उनको भनाई छ ।
लेखापरीक्षकले गलत प्रतिवेदन दिने, श्रेस्ता मिलाउने, गैर कानूनी रुपमा अनियमितता भएको काममालाई वास्था नगर्ने, कर छलिगरी गैर कानूनी रुपमा सम्पति आर्जन गर्ने कामले प्रश्रय पाएको बताए


क्लिकमान्डु