यूएईको लगानीमा कास्कीमा बायोग्यास प्लान्ट




काठमाडौं । कास्कीमा बायोग्यास प्यलान्ट स्थापना हुने भएको । उद्योग विभागमा प्रतिवद्धता आए अनुसार युनाइटेड अरब इमिरेट्स (यूएई)ले लगानी गर्ने भएको हो ।

कास्की जिल्लामा स्थापना हुने भनिएको उक्त प्लान्ट १६ करोडभन्दा बढी रुपैयाँ लगानी रहने विभागले जानकारी दिएको छ । मध्यम लगानी रहने उक्त प्लान्टमा ९९.३ प्रतिशत विदेशी र ०.३ प्रतिशत मात्रै विदेशी लगानी रहनेछ ।

यद्यपि यो शुरुवाती रकम हो । प्लान्टबाट बायोग्याससँगै जैविक मल पनि उत्पादन हुने उल्लेख गरिएको छ । जसमध्ये बायोग्यास ५८४ मेट्रिक टन र जैविक मल ४ हजार १५ मेट्रिक टन उत्पादन हुनेछ ।

कम्पनीको कुल लगानी १६ करोड ४८ लाख ९१ हजार ९३३ रुपैयाँ हुनेछ । जसमध्ये स्थिर पुँजी १५ करोड २६ लाख ५० हजार र चालु पुँजी १ करोड २२ लाख ५१ हजार ९३३ रुपैयाँ छ । जसमध्ये विदेशी लगानी ४ करोड ९९ लाख ४५८ रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

यद्यपि नेपालमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोड तोकिएको छ ।


क्लिकमान्डु