धौलागिरी लघुवित्त र आधीँखोला लघुवित्त गाभिने
बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था र स्याङजाको वयरघारीमा केन्द्रीय कार्यालय रहेको आधीँखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । बुधबार पोखरामा दुवै संस्थाका मर्जर समितिका संयोजक र पदाधिकारीको उपस्थितिमा एक आपसमा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यो मर्जर संम्झौतापछी संस्थाको नाम धौलागिरी आधीँखोला लघुवित्त वित्तीय संस्था रहनेछ । संस्थाको अध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका इश्वरलाल राजभण्डारी रहनेछन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आधीँखोला लघुवित्तका डोलराज केसी र नायब प्रमुख कार्यकारी अधिकृतमा धौलागिरी लघुवित्तका शिवराम जोशी रहने समझदारी भएको छ ।
मर्जरपछि संस्थाको कार्यालय पोखरा म.न.पा.–९ मा रहनेछ । सयुंक्त कारोबार २०७७ वैशाख १ बाट गर्ने योजना रहेको छ । मर्जरपछि चुक्ता पूँजी १७ करोड पुग्नेछ ।
धौलागिरी आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर पश्चात् ५५ शाखा कायम रहने छ । हाल धौलागिरीले ३६ शाखा मार्फत २८००० सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ भने आधिँखोला लघुवित्तले १९ शाखा मार्फत १६००० सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको जनाइएको छ ।