सहकारी संस्थालाई बैंकको काम नगर्न अर्थमन्त्री खतिवडाको चेतावनी



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सहकारी संस्थालाई बैंकको काम नगर्न चेतावनी दिएका छन् ।

राष्ट्रिय सहकारी बैकको १६ औं साधारणसभामा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले सहकारी संस्थालाई नियमनको लागि छुट्टै संस्था आवश्यक भएको बताएका छन् ।

अहिले सहकारी संथाहरुले आफुलाई लाई राष्ट्र बैकले अनुगमन गरोस भन्ने चाहेका छन् ।

‘राष्ट्र बैकलेले भने अनुसार सञ्चालन भएका बैक तथा वितिय संस्थालाई मात्रै अनुगमन गर्छ, तपाईंहरूको माग भनेको एक स्थानिय तहलाई हर्को तहले नियमन गर्नुजस्तै हो, त्यस्तो हुदैन,’ उनले भने ।

सबै सहकारीलाई नियमन गर्न छुट्टै नियामकको आवश्यक र त्यसले सहकारीलाई काम गर्न सहज होस् भन्ने हुनुपर्ने बताए । कार्यक्रममा मन्त्री खतिवडाले सहकारलाई कम्पनीको मोडलमा नजान सुझाव दिएका छन् ।

उनले भने ‘सहकारी कम्पनी मोडलमा जाने भए सहकारी मोडल छोडनुपर्छ, दुईवटा नाउमा खुट्टा नराख्नु ,’ उनले सहकारी बैकलाई सहकारीको केन्द्रीय बैकको रुपमा भुमिका खेल्न पनि सुझाव दिए । उनले सहकारीलाई सिमित सहकारीको काम गर्न पनि आग्रह गरे । ‘ बैकको काम गर्नु परे बैक तथा वितिय सस्था छन तपाइहरु सहकारीको काम  हाे,’ उनले भने ।  सहकारी ऐनमा केही समस्या शंसोधनको लागि आउन आग्रह गरे ।


क्लिकमान्डु