बैंकमा कर्जाको माग सुस्त, ब्याजदर घट्न सक्ने
काठमाडौं । बैंकहरुमा कर्जाको मागमा सुस्तता आएको देखिएको छ ।
असोज महिनासम्म आक्रामक कर्जा विस्तार गरेका बैंकहरुले कात्तिक लागेपछि कर्जाको माग घटेको थियो । यो क्रम मंसिर महिनामा पनि देखिएको छ ।
मंसिर महिनामा बैंकहरुमा कर्जा र निक्षेप समान रुपले बढेको देखिन्छ । मंसिर २७ सम्ममा बैंकहरुमा २९ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै कर्जा २६ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ ।
कात्तिक मसान्तसम्ममा २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने कर्जा २६ खर्ब ४० अर्ब रुपैयाँ रहेको थियो ।
बैंकहरुमा पुस महिनामा पनि कर्जाको माग यस्तै रहने हो भने ब्याजदर घट्न सक्ने सम्भावना बढी हरेको बैंकरहरु बताउँछन् ।
पुसदेखि चैतसम्म बैंकहरुमा निक्षेप बृद्धि हुँदैन । यद्यपी यो महिनामा कर्जाको पनि माग नहुँने हो भने ब्याजदर घट्ने सम्भावना बढी रहने बैंकरहरु बताउँछन् ।