सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्दो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर बजारमा देखिएको सुधारले जीवन र निर्जीबन बीमा कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन् ।

मंगलबार नेप्से मापन गर्ने सूचक १.२६ अंकले बढेर ११५५.३७ बिन्दुमा रोकिएको छ । १६७ कम्पनीको ८ लाख ४० हजार ६७७ कित्ता सेयर २७ करोड ९२ लाख ४४ हजार १३५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा निर्जीबन बीमा कम्पनी ३८.७५, जीवन बीमा समूहको ४६.५८, माइक्रोफाइनान्सको ९.८८, टे«डिङ १५.८४, विकास बैंक समूहको सूचक ५.०३ अंकले बढेको छ । कारोबारमा बैंकिङ समूहको १.५९, होटल समूहको उपसूचक १२.५७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । एनएमबी बैंकको ३ करोड ४६ लाख २८ हजार ६४३ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेपाल फाइनान्स, आँधिखोला लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने दिब्यश्वरी हाईड्रोपावर, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत कम्पनी, हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु