अहिलेसम्म साढे १३ लाखले गरे सेयर कारोबार, अनलाइनबाट साढे १६ हजार मात्रै



काठमाडौं । सेयर बजारमा २६ वर्षको इतिहासमा १३ लाख ५८ हजार ७२७ जना लगानीकर्ताले सेयर कारोबार गरेका छन् । यो संख्या अनलाइन र अफलाइन दुबैको हो ।

नेप्सेले सार्वजनिक गरेको तथ्याङक अनुसार अनलाइन सेवा सञ्चालनमा आएयता १६ हजार ५७३ जनाले अनलाइनको यूजर नेम लिएका छन् । त्यस्तै अफलाइनबाट १३ लाख ४२ हजार १५४ जनाले सेयर कारोबार गरेका छन् ।

यो अवधिमा अनलाइन र अफलाइनबाट सबैभन्दा बढी सेयर कारोबार गर्ने ब्रोकर कम्पनीको पहिलो नम्बरमा एबीसी सेक्युरिटी प्रालि छ । यसबाट ६६ हजार ३६ जनाले सेयर कारोबार गरेका छन् । जसमा अफलाइनबाट ६५ हजार ८१६ र अनलाइनबाट २२० जना छन् ।

यस्तै दोस्रो र तेस्रोमा क्रमशः प्राइमो सेक्युरिटिज, आशुतोष रहेको छ । प्राइमोबाट ६२ हजार १७६ जनाले सेयर कराबार गरेका छन् । जसमा अनलाइनबाट २९५ जनाले र अफलाइनबाट ६१ हजार ८८१ जनाले सेयर कारोबार गरेका छन् ।

यस्तै आशुतोष ब्रोकरेजबाट ५७ हजार ८२८ जनाले सेयर कारोबार गरेका छन् । जसमा अनलाइनबाट ४९ जनाले यूजर लिएका छन भने अफलाइनबाट ५७ हजार ७७९ जनाले सेयर कारोबार गरेका छन् ।

यो अवधिमा सबैभन्दा कम कारोबार गर्नेमा सेवा सेक्युरिटिज छ । सेवाले ५ हजार ६६५ जनाले सेयर कारोबार गरेका छन् । जसमा अनलाइनबाट १३४ जना रहेका छन् भने अफलाइनबाट ५ हजार ५३१ जना रहेका छन् ।

नेपाली सेयर बजारमा अनलाइन शुरु भएयता जम्मा १६ हजार ५७३ जनाले अनलाइनको यूजर र पासवर्ड लिएका हुन् । जसमा सबैभन्दा बढी भिजन सेक्युरिटिजबाट युजर नेम र पासवर्ड लिएका छन् । भिजनबाट १ हजार ५३३ जनाले युजर लिएका छन् ।

यस्तै आर्यतारा इन्भेष्टमेन्ट सेक्युरिटिजबाट १ हजार ३९३ जनाले यूजर नेम लिएका छन् । सबैभन्दा कम मार्केट सेक्युरिटिज रहेको छ । जसबाट ६४ जनाले यूजर नेम र पासवर्ड लिएका छन् ।


क्लिकमान्डु