सेयर बजारमा दोहोरो अंकको गिरावट, बीमा कम्पनीमा बिक्रेताको चाप



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गत सातामा देखिएको सुधार यो साता भने गिरावट देखिएको छ  ।

नेप्से मापन गर्ने सूचक १३.७५ अंकले घटेर ११५४.५४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर २५३.५२ बिन्दुमा रोकिएको छ । १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता सेयर ४० करोड ७९ लाख ५५५ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको ७.२३, विकास बैंक १०.१२, निर्जीबन बीमा १७२.०९, जीवन बीमा समूहको उपसूचकमा १३६.५२ अंकको गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा देखिएको छ । बैंकको ४ करोड ५६ लाख ६० हजार ८२० रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया बैंक रहेका छन् ।

दिब्यश्वरी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, सिटि एक्सप्रेस फाइनान्सका लगानीकर्ताले कमाउँदा हिमालयन पावर पार्टनर, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु