आईएमई जनरल इन्स्योरेन्सले ६ प्रतिशत लाभांश दिने



काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले लगानीकर्तालाई बोनस सहितको लाभांशको घोषणा गरेको छ ।

इन्स्योरेन्सको गत शुक्रबार बसेको सञ्चालक समितिको निर्णय अनुसार लगानीकर्तालाई ६ प्रतिशत बोनस र त्यसको कर तिर्नको लागि नगद समेत दिने भएको छ । इन्स्योरेन्सले १ अर्ब २ करोड ६ लाखको बोनस ६ प्रतिशत र त्यसको कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले बोनसको लागि ६ करोड १२ लाख ३६ हजार र त्यसको कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको उक्त प्रस्ताव बीमा समितिको स्वीकृती र कम्पनीको २२ औं साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु