खेलाडीलाई टेलिकमले विभिन्न प्याक दिने



काठमाडौं । नेपाल टेलिकम पोखरा प्रिमियर लिग (पीपीएल)का उत्कृष्ठ खेलाडीलाई १२ जीबीको डाटा प्याक र टेलिकमको नेटवर्कमा फोन गर्न सकिने १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक दिने भएको छ ।

लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि पनि दिने जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने जनाएको छ । ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ ।

एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । शनिबारदेखि पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेल हुने छन् ।


क्लिकमान्डु