भारतीय गाडी ल्याएर नेपाली नम्बर प्लेट बनाउने धन्दामा पत्रकार भट्ट विरुद्द राजस्वको मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतबाट गाडी ल्याउने र नेपाली नम्बर प्लेट राख्ने धन्दा सार्वजनिक गरेको छ ।

जुन धन्दामा पत्रकार कृष्णानन्द भट्ट समेत संलग्न रहेका छन् ।

राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्तीमा नुवाकोट विदुर नगरपालिकाका सन्त वहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउपालिका (८ का कृष्णानन्द भट्ट, विरगञ्ज महानगरपालिका (३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउपालिका (४ का अभयराज घिमिरे समेत ६ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेको उल्लेख गरेको छ ।

उनीहरुले १ करोड ७२ लाख राजस्व चुहावट गरेका थिए । भट्टले एनटिभी प्लसमा कार्यक्रम संचालन गर्थे भने पछिल्लो समय एजुकेशन टिभी खोलेका थिए । विभागले त्यो समुह विरुद्द दुई वटा फरक फरक मुद्दा दर्ता गरेको छ । एउटामा १ करोड ७२ लाख राजस्व चुहावट गरेको र अर्कोमा गाडीमा १ करोड ६३ लाख रुपैयाँ चुहावट गरेको मुद्दा लगाइएको छ । उनीहरु विरुद्द बिगोको दोब्बर रकम ३ वर्ष जेल सजाय माग राखिएको छ ।

यस्तै विभागले मूल्य अभिवृद्धि कर(भ्याट प्रयोग गरेको आरोपमा एसएण्डएस अफसेट प्रेस विरुद्द २ करोड ७९ लाख रुपैयाँ बिगो कायम राखेको मुद्दा दर्ता गरेको छ । काभ्रेपलान्चोक, पोखरी चौरी (ड मा स्थायी घर भएका हाल काठमाण्डौ महानगरपालिका (३२ वस्ने एस एण्ड एस अफसेट प्रेसका प्रोप्राईटर रामशरण गौतमलाई राजस्व चुहावट गरेको अभियोगमा २ करोड ७९ लाख बिगो कायम राखेर विभागले मुद्दा दर्तँ गरेको छ ।


क्लिकमान्डु