विश्व बैंकसँग अर्थमन्त्री खतिवडा पुनः असन्तुष्ट, सरकारको लक्ष्य पुरा हुने दाबी



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पुनः विश्व बैंकसँग असन्तुष्टी जनाएका छन् ।

विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपटेडमा चालु आर्थिक वर्षमा ६.४ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य बजेटमा लिएको छ ।

विश्व बैंकले प्रकाशन गरेको नेपाल डेभलपमेन्ट अपटेड सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले विश्व बैंकले प्रक्षेपण गरेको भन्दा बढी आर्थिक बृद्धिदर हुने बताए । उनले सरकारले चालु आर्थिक वर्षमा लिएको साढे ८ प्रतिशतको लक्ष्य पुरा हुने बताए ।

अर्थमन्त्री खतिवडाले गतवर्षपनि विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेश रिपोर्टमा सार्वजनिक रुपमा असन्तुष्टी गरेका थिए । यो वर्ष भनेको रिपोर्टमा नेपालको स्तर सुधार भएको तथ्यांक विश्व बैंकले सार्वजनिक गरेको छ ।

विश्व बैंकले गत आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक बृद्धिदर गरेको उल्लेख गरेको छ । अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासमा जलवायु प्रदुषणको असर रहेको बताए । वायु प्रदुषणको चुनौतीलाई सामना गर्दै लक्ष्यमा पुग्ने उनको भनाई छ ।

विश्व बैंकले नेपालका आर्थिक वृद्धि हुनको लागि यहाँको मौसम, विप्रेषण, पर्यटन, सहजै नियमीत विद्युत आपुर्ति राजनीतिक स्थायित्वलाई लिएको छ ।
विश्व बैंकले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको बृद्धिदर ४,उद्योगको ८.३ र सेवाको ७.२ प्रतिशतले बृद्धिदर हुने प्रक्षेपण गरेको छ ।


क्लिकमान्डु