स्ट्याण्डर्ड चार्टर्डका सीईओको तलब १५ लाख, छोराछोरीको फि देखि क्लब जाने खर्चपनि बैंकले नै दिने



काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकका सीईओलाई ४ महिनाको करिब ७० लाख रुपैयाँ तलब बुझेका छन् । बैंकका विदेशी सञ्चालकमा बैठक भत्ताको मोह नभएनि स्वदेशी सञ्चालकले लाखौं बैंठक भत्ता लिएका छन् ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८ करोड ४३ लाख ५८ हजार रुपैयाँ कर्मचारीमा खर्च गरेको छ । जस मध्ये बैंकले कर बाहेक ६९ लाख २० हजार ४२१ रुपैयाँ बैंकका सीइओ अनिरवान घोष दस्तिदार खर्च गरेको हो । उक्त रकम दस्तिदारले तलब भत्ता र बोनस वापत मात्र दिएका हुन् ।

बैंकका सीइओ दस्दिदार विदेशी नागरिक हुन् । बैंकले उनलाई तलब भत्तादेखि बाहेक बासस्थान, बच्चाको पढाई, चालक सहितको सवारी र इन्धन, युटिलिटी र सुरक्षा गार्डमा लाखौँ रुपैयाँ खर्चिनुका साथै उनलाई क्लब प्रवेश गर्न र क्लबमा खर्च गर्न समेत बैंकले नै दिने गरेको छ ।

बैंकका सीईओ दस्दिदारले माश्रिक परिश्रामिकको रुपमा १५ लाख रुपैयाँ बढी बुझ्दैँ आएका छन् । गतको फागुन १७ गते दस्दिदार बैंकमा सीइओ नियुक्त भएका हुन् । उनी त्यसअघि बैंकमा नै सञ्चालक रहेका थिए । बैंकमा सीइओ भएको ४ महिनामा ६९ लाख २० रुपैयाँ बैंकले उनलाई कर बाहेकको रमक बुझाएको हो ।

बैंकको वार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रविवेदन अनुसार गत आव बैंकको व्यवस्थापन खर्च १ अर्ब ६४ करोड ५७ लाख ४६ हजार रुपैयाँ र अन्य सञ्चालन खर्च भने ५२ करोड ५६ लाख ९६ हजार ४१७ रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकको १३ वटा सञ्चालक समितिको बैठक बसेको थियो । बैंकले बैठकमा उपस्थित मध्ये प्रति बैठक अध्यक्षलाई २२ हजार ५०० रुपैयाँ र सञ्चालकलाई २१ हजार रुपैयाँ भत्ता दिने गरेको छ ।

बैंकको गत आवमा सम्पन्न १३ वटा सञ्चालक समितिको बैठकमा ७ जना सञ्चालकको सहभागिता थियो । जसमध्ये बैंकका ४ जना विदेशी सञ्चालकले बैठक भत्ता बुझेका छैनन् भने ३ जना नेपाली सञ्चालकहरुले बैठक भत्ता मात्र ५ लाख २५ हजार रुपैयाँ लिएका छन् ।

बैंकका अध्यक्ष जितेन्दर अरोरा १२ वटा बैंठकमा सहभागी थिए भने उनले बैठक भत्ता बुझेनन् । बैठक भत्ता नलिने बैंकका अन्य विदेशी सञ्चालकमा क्यारेन डि एल्विस, जोसेफ सिल्भानस र अनिरवान घोष दस्तिदार हुन् ।

बैकठ भत्ता लिएका नेपाली सञ्चालकहरुमा १३ वटा बैठकमा सहभागी भएका कृष्ण कुमार प्रधानले २ लाख ७३ हजार रुपैयाँ, कमृत कुमारी थापाले ५ वटा बैठकमा सहभागी भएको १ लाख ५ हजार रुपैयाँ र भरत कुँवरले ७ वटा बैठकमा सहभागी भएको १ लाख ४७ हजार रुपैयाँ कर सहितको रकम बुझेका हुन् ।

७ करोड ९६ लाख रुपैयाँ नगद लाभांश स्ट्याण्डर्ड चार्टडका लगानीकर्ताका खातामा गएन

स्ट्याण्डर्ड चार्टड बैंकको सेयरधनीहरुले करोडौं नगद लाभांश संकलन गर्न सकेका छैनन् । बैंकको हालसम्मका साभारणसभाले पारित गरेको नगद लाभांश मध्ये ७ करोड ९६ लाख ९७ हजार ७ सय ५४ रुपैयाँ बैंकमा नै थन्किएको हो ।

सो नगद लाभांश २०७६ काक्तिक मसान्तसम्म सेयरधनीहरुले भुक्तानी लिन बाँकी रहेको बैंकले जनाएको छ ।
बैंकको ३३औं बार्षिक साधारणसभाबाट गत आर्थिक बर्ष २०७५/७६ को नाफाबाट २२.५ प्रतिशत अर्थात १ अर्ब ८० करोड २५ लाख ७१ हजार ९०० रुपैयाँ नगद लाभांश पारित भइसकेको छ ।

बैंकले वितरण उक्त नगद लाभांश लिनको लागि सेयरधनीहरुले सेयरधितोको फकुवा गरेको हुनु पर्ने र संस्थापक सेयरधनीका लागि बैंकको चुक्तापुँजीको २ प्रतिशतभन्दा बढी सेयर धारण गरेकाले मात्र नगद लाभांश भुक्तानी लिन पाउने बैंकले जनाएको छ ।


क्लिकमान्डु