बैंकको सिस्टम ह्याक गरी अनलाइनबाट १७ करोड ठगी गर्ने ३ जना पक्राउ



काठमाडौं । बैंकको सिस्टम ह्याक तथा अनलाइनबाट १७ करोड रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ परेका छन् । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मंगलबार ३ जनालाई पक्राउ गरिएको क्लिकमाण्डूलाई जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ ।

उनीहरुले बैंकमा रहेको खातामा रहेको रकम व्यक्तिका नाममा रहेको खातामा ट्रान्फर गरेका थिए । साथै अनलाइनमार्फत् पनि उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनलाइनमार्फत् सर्वसाधारणलाई चिठ्ठा परेको भन्दै रकम ठगी गर्दै आएका थिए ।


क्लिकमान्डु