लोकसेवाले एकैपटक खुलायो १ हजार ९० जना शाखा अधिकृतमा विज्ञापन



काठमाडौं । लोकसेवा आयोगले विभिन्न सेवाका लागि शाखा अधिकृत तहमा १ हजार ९० पदका लागि विज्ञापन खुलाएको छ । आयोगले ३१९ पदमा आन्तरिक बढुवा र खुलातर्फ ७७१ पदमा विज्ञापन खुलाएको हो ।

आयोगले न्याय क्षेत्रका लागि खुलामा १३६, महिलामा ३७, आदिवासी÷जनजातीमा ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको क्षेत्रका लागि ५ जनाका लागि विज्ञापन खुलाएको हो ।

त्यस्तै, राजपत्रांकित तृतिय श्रेणी संयुक्त र एकीकृततर्फ खुलामा २८६, महिलामा ७७, आदिवासी÷जनजातिमा ६१, मधेसी ५१, दलित २०, अपांग ११ र पिछडिएको क्षेत्रमा १० जनाका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार परीक्षा आगामी चैतमा हुनेछ ।

आवेदकले पुस १५ गतेसम्म र दोब्बर दस्तुर बुझाएर पुस २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु