एनसीसी बैंकमा १० जनालाई जागिर खुल्यो




काठमाडौं । एनसीसी बैंकले दुईवटा पदका लागि १० जना कर्मचारी माग गरेको छ । बैंकद्धारा प्रकाशित सूचना अनुसार सिनियर असिस्टेन्ट पदका लागि ५ जना र असिस्टेन्ट पदका लागि पनि ५ जना कर्मचारी मागेको हो ।

बैंकले प्रदेश नम्बर २ का विभिन्न शाखाहरुका लागि कर्मचारी मागेको छ ।

सिनियर असिस्टेन्ट पदमा आवेदन दिन चाहाने आबेदकहरुले विविए, विविएस, विकम वा अर्थशास्त्रमामा विए गरेको हुनुपर्नेछ । त्यसैगरी आबेदक प्रदेश नम्बर दुईको हुनेपर्ने र जुनियर असिस्टेन्ट वा असिस्टेन्ट तहमा रहि कम्तिमा ३ वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यसैगरी असिस्टेन्ट पदका आवेदकहरुले विविविए, विविएस, विकम वा अर्थशास्त्रमामा विए गरेको हुनुपर्ने, प्रदेश नम्बर २ को स्थानीय वासिन्दा हुनेपर्ने र ट्रेनी जुनियर असिस्टेन्ट वा जुनियर असिसेन्ट पदमा रहि डेढ वर्ष काम गरेको हुनुपर्नेछ ।

प्रदेश नम्बर दुईमा काम गरिरहेका आवेदकहरुलाई विशेष ग्राहयता दिइने बैंकले जनाएको छ ।


क्लिकमान्डु