फुटबलको फाइनलमा नेपाल विजयी, स्वर्ण पदकको संख्या ५१ पुग्यो



काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनल खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले स्वर्ण पदक जितेको हो ।

यस खेलसँगै १३औं साग पनि सम्पन्न भएको छ । नेपालले स्वर्ण पदकको संख्यालाई ५१ पुर्याएको छ । खेलको १७ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

तर त्यसको केही बेरमै भुटानका कप्तान चेञ्चो ग्याल्सेनले गोल गर्दै बराबरीमा ल्याएका थिए । तर दोस्रो हाफको सुरुमै नेपालका लागि सुनलि वलले एक गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए ।

यसअघि जारी सागकै समूह चरणको खेलामा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित थियो । नेपालले १२औं सागमा पनि पुरुषतर्फको फुटबलमा स्वर्ण पदक जितेको थियो ।

जारी सागमा नेपालका लागि सबैभन्दा धेरै गौरिका सिंहले स्वीमिङतर्फ एकै प्रतियोगितामा ४ वटा स्वर्ण जित्दै किर्तिमान कायम गरेकी थिइन् ।

तस्बिर: रासस


क्लिकमान्डु