काठमाडौं महानरपालिकाले भिख माग्नेलाई कारबाही गर्ने



काठमाडौं । काठमाडौं महानरपलिकाले महानगरपालिकाभित्र भिख माग्ने र माग्न लगाउनेलाई कारबाही गर्ने भएको छ । महानगरपालिकाले ३ दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम २ महिना कैद र २ हजार रुपैयाँसम्म जरिवाना तथा माग्न लगाउनेलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने संहितामा उल्लेख छ ।

‘माग्ने पेशा गर्न नपाइने कानूनलाई कार्यान्वयन गर्न लागेका छौं, माग्ने पेशा बनाउनेलाई हटाउँछौं, एक छाक खान नपाएर सडकमा बस्नुपर्ने बाध्यता भएको भए संरक्षण गर्नेछौं’ उनले भने ।

उनका अनुसार वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ । उनीहरुमध्ये परिवार पत्ता लागेकालाई पुनःमिलन गराइने छ । उक्त कार्यमा कामपाले आश्रमसँग सहकार्य गरेको प्रमुख शाक्यले जानकारी दिए ।

कामपाले कानूनले निषेध गरेको भिक्षा माग्ने पेशा नअपनाउन र अपनाए कारवाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ ।

मंसिर २९ गते कामपा दिवसको अवसरमा बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौँ महानगर बनाउने अभियानको घोषण गर्न लागिएको छ । पहिलो चरणमा उनीहरुलाई राख्न बालाजुमा ‘अस्थायी आवास केन्द्र’ स्थापना गरिएको छ ।

कामपाले उद्धार गरेर राखिएकाहरुमध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिहरुको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र्र (स्क्रिनिङ सेन्टर) बनाएको छ । त्यसपछि बेसहाराहरुलाई संरक्षण दिइने र अन्यलाई सडकमा बस्न नदिने गरी कार्यक्रम चलाइने छ ।


क्लिकमान्डु