कहालीलाग्दो दुर्घटनामा परेर बाँचे सिटिजन्स बैंकका सीइओ गणेशराज, भन्छन्- पुनर्जीवन पाएँ

क्लिकमान्डु २०७६ मंसिर २३ गते १९:३६ मा प्रकाशित

प्रदेश नं३ मा सिटिजन्स बैंकका ३७ वटा शाखा छन् । जसमध्ये बैंकका सीइओ गणेशराज पोखरेलले सिन्धुलीको हरिहरगढीमा रहेको शाखा हेर्न पाएका थिएनन् । उनी प्रत्येक शाखा अवलोकनका लागि नियमितरुपमा निस्कन्थे ।

०७५ चैत १८ गते सीइओको जिम्मेवारी पाएपछि उनी बैंकका काममा झन बढी सक्रिय भएका थिए । पोखरेल प्रत्येक दिन बिहान ५ बजेअघि नै आफ्ना कर्मचारीहरुको बर्थ डे विस गर्छन् । हजारभन्दा बढी कर्मचारी भएकाले प्रत्येक दिन कुनै न कुनै कर्मचारीको बर्थ डे परिरहेको हुन्छ ।

त्यसपछि रेडियो खोल्छन् । उनीसँग ठूलो रेडियो सेट छ । रेडियो नेपालमा पशुपतिनाथको धुन सुन्छन् । त्यसपछि जीवन विज्ञान र हरिदासजी महाराजको धार्मिक कार्यक्रम सुन्छन् । र, अन्तिममा ६ बजेको समाचार सुनेर आफ्नो दिनचार्य शुरु गर्छन् ।
पोखरेल आध्यात्मिक छन् ।

‘यो मेरो दोस्रो जुनी भएकाले जीवनमा अझ धेरै राम्रो गर्नुपर्छ, सत्कर्म गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ,’ उनले भने, ‘जिन्दगीमा धेरै उफ्रिनुपर्ने, तात्नुपर्ने र नौटंकी गर्नुपर्ने केही छैन ।’

गत कात्तिक ३ गते पोखरेलले कर्मचारीहरुलाई पार्टी दिएका थिए । र, ४ गते बिहानै हरिहरगढी शाखा अवलोकन गर्न उनको नेतृत्वमा ३ जनाको टोली सिन्धुलीतर्फ गयो ।

बैंकका प्रमुख सञ्चालन अधिकृत पारस काफ्ले, रिटेल हेड रोशन मानन्धर नयाँ स्कार्पियो लिएर बिहानै ६ बजे सीइओ पोखरेल निवास भैंसेपाटी पुगे । सीइओ पोखरेल गाडीको अगाडिको सिटमा बसे । गाडी अघि बढ्यो । दिउँसो १२ बजे सिन्धुलीगढीमा खाना खाए । र, अपरान्ह टोली ३ बजे हरिहरगढी पुग्यो । र, त्यहाँको शाखाका कर्मचारीसँग मिटिङ गर्यो ।

सिन्धुलीगढीदेखि साढे ३ घन्टाको गाडीको बाटोमा उक्त शाखा छ । सिन्धुलीबाट सीधै सुनसरीको चतरासम्म पुग्ने यो महेन्द्र राजमार्गको वैकल्पिक बाटो हो ।

त्यहाँबाट बर्दिबास जान फेरि सिन्धुलीगढीसम्म आउनुपर्ने घुमाउरो बाटोदेखि झन्झट लागेर टोलीले ट्रक ड्राइभरलाई सोध्यो- यहाँबाट महेन्द्र राजमार्ग निस्किने छोटो बाटो छैन ?

ट्रक ड्राइभरले ५/७ दिनअघि मात्रै खुलेको नयाँ बाटोले महेन्द्र राजमार्ग पुर्याउने जानकारी गराए ।

‘फोर ह्विलर गाडी छ भने पुग्छ, नयाँ बाटो हो, अनि बाग्मती नदीचाहीँ ८/१० पटक तर्नुपर्छ,’ ट्रक ड्राइभरले भने ।

उनीहरुसँग शक्तिशाली फोर ह्विलर स्कार्पियो थियो । नयाँबाटोमा स्कार्पियो हुइँकियो । १ घन्टामै महेन्द्र राजमार्गको बागमती पुल पुग्यो । र, साँझ ६ बजेतिर बर्दिबास पुग्यो ।

सिसा फुटाएर उनी गाडीबाट निस्किए । अरु साथीहरुको अवस्था हेरे । साथीहरु अर्धचेत थिए । पोखरेलको धड्कनले छाती प्वाल पार्न लागेको थियो । तर, उनको मस्तिस्कले भने काम गरिरहेको थियो । त्रासले भरिए पनि अचेत थिएन ।

विभिन्न शाखाका म्यानेजरहरुलाई बोलाएर टोलीले सँगै खाना खायो । प्रदेश नं २ का म्यानेजर दिवस बिक्रम ठकुरी पनि भोलिपल्ट बिहान उपस्थित भए । फेरि मिटिङ भयो ।

मिटिङ सकेर चियापान गरी टोली निजगढतर्फ अघि बढ्यो । निजगढ शाखामा पनि मिटिङ बस्यो । पर्फर्मेन्सका कुरा भए । चूनौतीका कुरा भए । अवसरका कुरा भए ।

त्यहाँबाट टोली पतलैयातर्फ अघि बढ्यो । पतलैया शाखामा मिटिङ सकेर रजैयास्थित मनहरिमा एक्सटेन्सन काउन्टरको अवलोकनका लागि टोली अघि बढ्यो । र, हेटौंडा शाखामा मिटिङ सकेर खाना खाने योजना थियो ।

स्कार्पियो पथलैयाबाट ५/७ किलोमिटर अघि बढिसकेको थियो । प्रतिघन्टा १०० किलोमिटरको स्पिड थियो । घना जंगल थियो । ड्राइभरले लगातार स्पिड बढाइरहेका थिए ।

गाडीभित्र रमाइला गफ भइरहेका थिए । गढीमाई मेला आउँदैछ, घुम्न आउनुपर्छ,… यस्तै यस्तै । गाडीमा ४ जना सवार थिए । ३ जना पछाडि बसेका थिए भने सीइओ पोखरेल अगाडिको सिटमा ।

उनीहरु चढेको स्कार्पियोले बसलाई ओभरट्याक गर्न खोज्यो । ड्राइभरले हर्न दिइरहेका थिए । तर अहँ, बसले साइड दिएन । उल्टै पेल्यो । पोखरेल चढेको स्कार्पियो अनियन्त्रित भयो । ड्राइभरले झ्याप्पै ब्रेक हाने ।

‘ड्राइभर भाईले झ्याप्प ब्रेक हानेपछि मलाई लाग्यो, अब हामी बाँचेनौं, सकियौं, जिन्दगी यत्ती नै रहेछ भन्ने लाग्यो,’ घटनाको स्मरण गर्दै पखरेलले क्लिकमाण्डूलाई सुनाए, ‘गाडीको साइडमा हात बेस्सरी समातेँ । हामी चढेको गाडी माझ सडकमा ३ बल्ड्याङ पल्टियो । र, छत भुईंमा चक्का माथि भयो ।’

बाँचिन्छ भन्ने सोचेकै थिएनन् उनले । त्यो त्रासमा पोखरेलले आफ्नो हातको कुइनाले गाडीको झ्यालको सीसालाई बेस्सरी हाने । सिसा फुट्यो । र, खोलेर बाहिर निस्किए ।

‘हातले सिसा फोडेकाले घाउनै घाउ भयो, १४ टाँका लगाइएको छ,’ पोखरेलले सुनाए, ‘हातले गाडीको सिसा फुटाउँदा पनि मलाई दुखेको फिलसम्म भएको थिएन ।’

सिसा फुटाएर निस्केर उनले मोबाइल खोजे । तर, भेटेनन् । अरु साथीहरुको अवस्था हेरे । साथीहरु अर्धचेत थिए । ड्राइभरलाई भने केही पनि भएको थिएन ।

पोखरेलको धड्कनले छाती प्वाल पार्न लागेको थियो । तर, उनको मस्तिस्कले भने काम गरिरहेको थियो । त्रासले भरिए पनि अचेत थिएन ।

‘रोशन मानन्धरजीको हात भाँच्चिएको रहेछ । सीओओको मुखमा ३ वटा हड्डी भाँचिएको रहेछ, मेरो हातमा भएको घाउमा सिसा पसेको रहेछ, अस्पताल पुगेपछि मात्रै थाहा भयो,’ उनले भने ।

घटनास्थलमा हेटौंडा, वीरगञ्जलगायतका शाखाका प्रबन्धकहरु आए । घाइते सबैलाई २ नम्बर प्रदेशको शाखाको गाडीमा राखेर वीरगञ्जस्थित बयोधा अस्पताल लगियो ।

‘अस्पताल पुगेपछि मेरो टाउकोबाट धेरै ब्लिडिङ भयो तर डाक्टरले टाँका भने लगाइदिनुभएन,’ उनले सुनाए, ‘बेहोस बनाएर थप उपचार गर्नुपर्ने भएपछि डाक्टरले काठमाडौं जान रिफर गरे ।’

४ दिनको बयोधा बसाइपछि टोलीसँगै काठमाडौं आयो । त्यो तिहारको लक्ष्मीपूजाको अघिल्लो दिन थियो ।

सीइओ भएको पहिलो लक्ष्मीपूजा भएकाले उनी लक्ष्मीपूजा गर्न कार्यालय नआइरहन सकेनन् । र, भैंसेपाटीबाट हात्तिसारमा रहेको सिटिजन्स बैंकको मूख्य कार्यालय आएर लक्ष्मीपूजा गरे ।

‘सिटिजन्स बैंकका ८६ शाखामध्ये ७६ शाखाको मैले नै पुजा गरेर शुरु गरेको हुँ, यो बैंकमा मेरो अत्यन्तै अट्याचमेन्ट छ,’ उनले सुनाए, ‘सीइओ भएको पहिलो वर्ष लक्ष्मी पुज्न नपाउने चिन्ताले सतायो । र, दुर्घटनाको पीडा भुलेर कार्यालय आएँ । र, आफ्नो चेम्बरमा पूजा गरेँ ।’

त्यसपछि बिदा सकिएपछि लगातारजसो उनी कार्यालय आइरहेका छन् । डाक्टरको फलोअपमा र केही समय आराम गर्नेबाहेक दैनिक ४/५ घन्टा सिटिजन्स बैंकमै विताउँछन् ।

‘मेरो जोश र जाँगरमा अलिकति पनि कमी आएको छैन,’ उनले सुनाए ।

अहिले पनि उनी डाक्टरको निगरानीमा छन् ।

‘घाँडीको पछाडिको भाग असाध्यै दुख्छ, सुत्न धेरै नै असहज हुन्छ,’ पोखरेलले सुनाए, ‘सहकर्मी साथीहरुको अवस्था पनि कठिन नै छ ।’

अहिलेको दुखाइ कम भएपछि जीवनभर फिजियोथेरापी गर्नुपर्छ भनेर डाक्टरले भनिरहेका छन् ।

‘त्यो २/३ सेकेण्ड मात्रै होस गुमाएको भए मात्रै पनि मेरो टाउको राम्रैसँग जान्थ्यो,’ दुर्घटना स्मरण गर्दै पोखरेलले भने, ‘समात्न भ्याएकाले टाउको धेरै ठोक्किन पाएन ।’

ड्राइभरले ब्रेक हान्नेवित्तिकै पोखरेललाई ठूलो दुर्घटना भयो भन्ने लागेको थियो । र, समाउन भ्याए । पछाडि बसेका साथीहरुले दुर्घटना भइसकेपछि मात्रै थाहा पाएको पोखरेलले बताए ।

‘यो मेरो दोस्रो जुनी भएकाले जीवनमा अझ धेरै राम्रो गर्नुपर्छ, सत्कर्म गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ,’ उनले भने, ‘जिन्दगीमा धेरै उफ्रिनुपर्ने, तात्नुपर्ने र नौटंकी गर्नुपर्ने केही छैन ।’  

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स