साग फुटबल फाइनल खेलको टिकट सोल्ड आउट



काठमाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तरगत मंगलबारको फुटबल फाइनल खेलको टिकट सोल्ड आउट भएको छ ।

सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ ।

भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको छ ।

मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ ।

इसेवा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भुक्तानी सेवा प्रदायक हो । सन् २००९ बाट सञ्चालन रहेको इसेवामा २५ लाख ग्राहक रहेका छन् । इसेवामा ५५ बैंक तथा वित्तिय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन् । यसअघि पनि इसेवाले आइसीसी, एन्फासँगको सहकार्यमा विभिन्न अन्तर्राष्ट्रिय खेलहरूको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ ।


क्लिकमान्डु